बिहिबार, बैशाख १३, २०८१

सेनाको भूमिका अनुमोदनार्थ राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौ ज्येष्ठ ५, मन्त्रिपरिषद्को सोमवारसाझ बसेको बैठकले मुलुकमा महाभूकम्पपछिको अवस्थामा खोज, उद्धार, राहत, तत्कालको पुर्नस्थापना र भत्किएका संरचनाको व्यवस्थापनका लागि परिचालित नेपाली सेनाको भूमिकालाई अनुमोदन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिने निर्णय गरेको छ । त्यस्तै बैठकबाट भएको cabinetनिर्णयको बारे जानकारी दिदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले विशेष परिस्थतीमा परिचालित भएको नेपाली सेनालाई आगामी असार मसान्त सम्मका लागि कायमनै राख्ने सिफारिस गर्ने निर्णय भएको बताउँनु भएको छ ।

यसअघि सोमवार बिहान बसेको सुरक्षा परिषद्को बैठकले भूकम्पको महाविपत्तिपछि खोज, उद्धार, राहत र पुनःस्थापनालगायत काममा सेना परिचालन गरिएको व्यहोरासहित अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउन मन्त्रिपरिषद्लाई सिफारिस गरे अनुरुप यस किसिमको निणर्य भएको उहाँले जानकारी दिनु भएको थियो ।