मङ्लबार, बैशाख २५, २०८१

संवादलाई निरन्तरता दिन राष्ट्रपति यादवको अध्यक्ष दाहाललाई आग्रह

काठमाडौ फागुन २६, राष्ट्रपति डा रामवरण यादवले आन्दोलनकारी शक्ति मिलेर सहमतिका आधारमा संविधान निर्माण गर्ने वातावरण बनाउन एमाओवादीका अध्यक्ष yadav+ dhaallपुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । आन्दोलनकारी शक्तिका बीचमा संवाद र सहमतिको आवश्यकता रहेकामा जोड दिँदै राष्ट्रपति डा यादवले यतिखेर आन्दोलनले कोही कसैको हित नगर्नेमा अध्यक्ष दाहाललाई सचेत गराउनुभएको थियो ।

राष्ट्रपति डा यादव र एमाओवादी अध्यक्ष दाहालबीच आज भएको टेलिफोन संवादमा राष्ट्रपतिले दलहरू मिलेर अगाडि बढ्नुपर्ने र त्यसमा शान्ति सम्झौताका हस्ताक्षरकर्ताको हैसियतले एमाओवादीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो । “सहमतिका आधारमा संविधान निर्माण प्रक्रियालाई टुङ्गोमा पु¥याउन र वार्ता तथा संवादलाई अगाडि बढाउन राष्ट्रपतिले एमाओवादी अध्यक्षलाई आग्रह गर्नुभयो,” राष्ट्रपति र अध्यक्ष दाहालबीच भएको टेलिफोन वार्तालाई उद्धृत गर्दै एमाओवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका अध्यक्ष दाहालका स्वकीय सचिव चुडामणि खड्काले राससलाई जानकारी दिनुभयो ।

सत्तारुढ दल सकारात्मक वार्ताको पक्षमा नरहेको भन्दै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज दोस्रोचरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताइरहेको बेला राष्ट्रपति डा यादव र अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको हो । दलहरूबीच सार्थक संवाद हुनुपर्ने, विगतका सहमति र सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने र सबैले अपनत्व गर्ने संविधान निर्माण हुनुपर्ने भनाइ अध्यक्ष दाहालको रहेको स्वकीय सचिव खड्काले बताउनुभयो ।

राष्ट्रपति डा यादवले पछिल्लो दिन दलहरूबीच संवाद सुरु भएकामा खुसी व्यक्त गर्दै निरन्तर सो प्रक्रियालाई अगाडि बढाउन र केही दिनभित्रै सहमति गर्नसमेत अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । यसैबीच, एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठक आजै बसी मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलहरूबीच सुरु भएको संवाद, दोस्रोचरणको आन्दोलनलगायतका विषयमा छलफल गरिने पनि खड्काले जानकारी दिनुभयो । rss

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728