मङ्लबार, बैशाख २५, २०८१

दलहरुबीच भइरहेको वार्ताले सकारात्मक परिणाम दिने प्रम कोइरालालको विस्वास

काठमाडौ फागुन २५ , गैरआवासीय नेपाली सङ्घ एनआरएनएको काठमाडौँमा निर्माण हुन लागेको कार्यालय भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री सुशील कोइरालाले create_thumbप्रधानमन्त्री कोइरालाले नयाँ बन्ने संविधान जारी गर्नका लागि मुलुकका प्रमुख दलहरुवीच विवादित विषयमा भइरहेको वार्ताको सकारात्मक परिणाम आउने बताउनु भएको छ ।

त्यस्तै उहाँले आफ्नो सम्बोधनका क्रममा यअघि दलहरुको गरेको प्रतिबद्धताअनुसार माघ ८ मा संविधान जारी हुन नसके पनि दलहरुलाई असफल भएको भन्न नमिल्ने बताउदै विश्वभर छरिएर रहेका एनआरएनले नेपालमा आफ्नै कार्यालय भवन निर्माण गर्नु नेपालीका लागि गौरव र एकताको प्रतीक भएको बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा संविधानसभाध्यक्ष सुवास नेम्वाङले नयाँ बन्ने संविधानमा एनआरएनएलाई नागरिकता प्रदान गर्ने प्रावधान सुनिश्चित हुने अवगत गराउँदै समयमै संविधान बनाउन एनआरएनएले पनि दल र तीनका नेतालाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।  त्यस्तै कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र एनआरएनएका अध्यक्ष शेष घले, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङग पाण्डे र एनआरएनएका पूर्व अध्यक्षद्धय डा उपेन्द्र महतो,जिवा लामिछाने लगायतकावक्ताहरुले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728