मङ्लबार, बैशाख १८, २०८१

चीर लिङ्गो ठडयाइएसङगै आजबाट रङ्हरुको पर्व होली सुरु

anup_20150226_6B anup_20150226_5B anup_20150226_4B anup_20150226_2Bकाठमाडौं फागुन १४ ,  बसन्त ऋतु अन्र्तगत फागुुन महिनामा मनाईने रङ्गहरूको चाड अर्थात होली फागुन शुक्ल अष्टमीको दिन राजधानीको वसन्तपुर दरबार अगाडि विशेषरूपले सजाएको चीर- लिङ्गो विधिपूर्वक आज ठडयाइएसङगै यस वर्षको फागु पर्व सुरु भएको छ ।

भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुहेश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई आज बिहान विशेष पूजा गरी ठडयाइएको हो ।  सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिएको थियो ।

सत्ययुगमा बिष्णुदेबका भक्त प्रल्हादलाई मार्नको लागि हिरण्यकश्यपले बिभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखम लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भै असत्य माथि सत्यको बिजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिएको हो ।