शुक्रबार, चैत्र १६, २०८०

एसएलसीका परीक्षार्थीद्वारा विद्युत् भार कटौती नर्गन आग्रह

काठमाडौं फागुन १४, एसएलसीको तयारी गरिरहेका म्याग्दीको सदरमुकाम बेनीबजारका विद्यार्थीले परीक्षा नजिकिँदै गर्दा सम्बन्धित निकायलाई विद्युत् भार कटौती नगरी दिन आग्रह गरेका छन् । परीक्षाको समयमा बिजुली नहुँदा अध्ययनमा बाधा पुगेको भन्दै उनीहरूले सो आग्रह गरेका हुन् । एक दर्जनभन्दा बढी विद्यालय रहेको सदरमुकाम बेनी बजार र वरपरका क्षेत्रहरुमा बढी विद्युत् भार कटौती हुने गरेको विद्यार्थीहरुले बताएका छन् ।

लोकदीप आवासीय माविमा कक्षा १० मा अध्ययनरत सविन बानियाँले एसएलसीको तयारी गरिरहँदा विद्युत् भार कटौतीले निकै समस्या पारेको बताए । नजिकिँदै गरेको एसएलसीका लागि मेहनत गरेर पढ्ने बेलामा घन्टाँैसम्म लाइन जान्छ कसरी अध्ययन गर्ने सविनको प्रश्न छ । उनी मात्रै होइन एसएलसी दिने तयारी गरिरहेका प्रेम पुनको पनि पीडा उस्तै छ । उनले बिजुली नहुँदा पढाइमा निकै बाधा पुगेको दुःखेसो पोखे । everestheral .com