मङ्लबार, बैशाख १८, २०८१

मन्त्रिपरिषद्को बैठक : बाग्लुङ क्षेत्र नं १ मा उपनिर्वाचन चैत २८ मा

काठमाडौ माघ २९,  मन्त्रिपरिषद्को आज बसको बैठकले बाग्लुङ क्षेत्र नं १ बाट निवाृर्चित सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि रिक्तरहेको singhadurbarउक्त क्षेत्रमा आगामी चैत २८ गते संविधानसभाको उपनिर्वाचन गराउने निर्णय गर्दै प्रस्तत आशय अनरुपको पत्र निर्वाचन आयोगलाई पठाउने निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकले सरसफाइको कामलाई प्रभावकारी बनाउँदै सन् २०१७ सम्म ‘एक घर एक शौचालय’ बनाई खुला दिसामुक्त क्षेत्र बनाउने कार्यलाई प्रभावकारी तुल्याउन कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सरसफाइ दूतका रूपमा नियुक्त गर्नको अलावा विद्युत् प्रणाली विस्तार आयोजनाका लागि युरोपेली सङ्घबाट प्राप्त ९५ मिलियन डलर अर्थात् रु ११ अर्ब १६ करोड बराबरको ऋण सहायता तथा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड सञ्चालनका लागि रु एक अर्ब ५० करोडको पुँजी संरचनासहितको प्रस्ताव स्वीकृत गरेको सञ्चारमन्त्री डा रिजालले जानकारी दिनुभएको छ ।