शनिबार, बैशाख ८, २०८१

आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम गरी मनाईदै

काठमाडौं फागुन ७,   आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस। ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ। २००७ सालको presidentप्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। दिवसको अवसरमा सैनिकमन्च टुँडिखेलमा आज   विहान बिशेष कार्यक्रम आयोजना गरिएको छ।

यसैक्रममा   आज विसं  २००७ सालको आन्दोलन तथा २०४६ तथा ०६२र०६३ को आन्दोलनलाई पछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने  भन्दे   प्रजातन्त्र दिवसको अवसरमा दिवस मुल समारोह समितिले सूचना नै जारी गर्दै  समितिले गर्ने कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेको छ । समितिले अहिले बिहान राजधनीको शहीदगेटमा जम्मा भई खिचापोखरी, जुद्ध शमशेरको शालिक, असन, भोटाहिटी, रत्नपार्क विद्युत प्राधिकरणको गेट हुँदै नैपाली सैनिक मंचमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । शहीदगेटमा रहेको शहीदहरुको तस्वीर प्रधानमन्त्रीले माल्यार्पण पनि गर्दैहुनुहुन्छ । साथै जिल्ला तथा  सदरमुकामलगायत विभिन्न ठाउँमा आयोजना गरिने प्रजातन्त्र दिवसका अवसरमा हुने कार्यक्रमहरुमा सहभागी हुन पनि समितिले आग्रह गरेको छ । 

प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राष्ट्रपति डा। रामबरण यादवले सबै दलहरु सहमति सहकार्य गरी शान्ति र संविधान निर्माण कार्यलाई एक भएर अगाडी बढ्नु पर्नमा जोड दिनु भएको छ। उहाँले शान्ति र संविधानलाई समयमै टुङ्ग्याउनु पर्ने सन्देशमा उल्लेख गर्नु भएको छ। उहाँले ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै श्रद्धान्जली अर्पण गर्दै २००७ सालमा प्राप्त प्रजातन्त्रको जगलाई अझै मजवुत पार्न पुनः २०४६ सालमा सम्पूर्ण नेपाली लागिपरेको बताउँदै बदलिँदो परिवेशमा लोकचाहनालाई सम्बोधन गर्न विसं २०६२/६३ को आन्दोलनमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको बताउनुभएको छ ।

त्यस्तै सन्दशमा राष्ट्रपति डा। यादवले हामी सबै किसिमका आरोह–अवरोह पार गर्दै आएका छौँ, यी सबै भोगाइ र अनुभवबाट हामीले अन्तरिम संविधान २०६३ ले निर्दिष्ट गरेका मूल्य मान्यतालाई कदर गर्दै सहमतिका साथ साझा विचार निर्माण गरी संविधान बनाउनुको विकल्प नभएको बताउाद्यै नेपालका राजनीतिक दल, नेतृत्व र देश समाजप्रति उत्तरदायी नागरिक सबैले संविधान निर्माणको पुनित कार्यलाई प्रथमिकता दिनुपर्नमा जोड दिनुभएको छ ।

यसैवीच यसैबीच, उपरराष्ट्रपति परमानन्द झाले प्रजातन्त्र दिवसको अवसरमा २००७ सालको महान् जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले राणा निरङ्कुश जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित रहेको उल्लेख गर्नु भएको छ ।
साथै उहाँले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधान आजको राष्ट्रिय आवश्यकता हो भन्दै  राष्ट्रिय प्रजातन्त्र दिवसको यस पावन अवसरले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामना गर्नु भएको छ ।