मङ्लबार, बैशाख २५, २०८१

दिल्ली विधानसभाको निर्वाचनमा फेरि उदाए आम आदमी पार्टी

काठमाडौं माघ २७,  भारतको दिल्ली विधान सभाको सम्पन्न् निर्वाचनमा आम आदमी पार्टी, आपले ठूलो बहुमतका साथ सरकार बनाउने देखिएको छ । निर्वचनको परिणम arvind- -jantamantar_295x200_41386781816सङगै अरबिन्द केजरीवालले फेरि दिल्ली सत्तामा फर्कने भएको हो । ७० सीटका लागि गत शनिवार गरिएको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले अत्याधिक बहुमतसहित बिजय हँसिल गर्ने संभावना वृद्धि हुँदै गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।

त्यसो त विगतको बिधानसभाको चुनावमा अत्याधिक बहुमतसहित बिजय पाएपछि फेरि मुख्यमन्त्रीको पदभार ग्रहण गरेका अरबिन्द केजरीवालले मुख्यमन्त्री हैसियतमा रहेका बेला लोकपाल बिल पारित गराउन नसकेपछि मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।

भ्रष्टाचारविरुद्ध सुशासनको नारा लिएर सन् २०१३ को दिल्ली विधानसभा निर्वाचनमा ओर्लिएको आपले चुनावी नतिजा आउन थालेलगत्तै आपके पक्षमा देखिएको जनसमर्थन सङगसङगै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीमा भारतीय जनता पार्टीकी मुख्यमन्त्री प्रत्याशी किरण वेदी, नागरिक आन्दोलनका अभियन्ता अन्ना हजारे, कांग्रेस अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी, नेता अजय माखन, बिहारस्थित दलका नेताहरु नितिश कुमार र लालुप्रसाद यादव, पश्चिम बंगाल मुख्यमन्त्री ममता बेनर्जीसहितले आप अध्यक्ष अरबिन्द केजरीवाललाई बधाइ शुभकामना पठाएका सञ्चारमाध्यमहरुले  जनाएको छ ।

यसैवीच   आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले यो जितलाई जनताको जित भन्नुभएको छ । उहाँले मङ्गलबार नयाँ दिल्लीमा सञ्चारमाध्यमलाई दिनुभएको प्रतिक्रियामा सो धारणा राख्नुभएको हो । मङ्गलबार बिहान भारतीय सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– यो जनताको जित हो, मलाई जनताले भारतमा सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कामका लागि विश्वास गरेका छन् । उहाँले आफ्नो पहिलो प्राथमिकता भारतमा कामका लागि सरकारी र गैरसरकारी क्षेत्रमा नै घुस र कमिसनको अवस्थाको निवारण गर्नु रहने पनि उहाँले बताउनुभयो । साथै भारतीय राजनीतिमा कायम रहेको वंशको राजनीतिको पनि आफुले अन्त्य गराइछोड्ने प्रतिबद्धता पनि उहाँले दिनुभएको सञ्चारमाध्यमहरुले  जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031