बुधबार, बैशाख १२, २०८१

आइएसद्वारा अमेरिकी महिलाको हत्या

एजेन्सी माघ २८, अमेरिकाले उग्रबादी इस्लामिक आतंकबादी समूहको कब्जामा रहेकी एक २६ बर्षिया अमेरिकी महिला क्याला जिन मुलर हत्या गरिएको पुष्टी गरेको छ ।

मुलर
मुलर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मुलरको हत्याप्रति खेद ब्यक्त गर्दै आईएससंग बदला साँध्ने धारणा ब्यक्त गरेका छन् । मुलरको हत्या पुष्टी लगत्तै ओबामाले प्रतिक्रिया दिंदै आइएसको हर्कत घृणित भएको र बिश्वका कुनै पनि नागरिकका लागि सहनशील नभएको धारणा ब्यक्त गरेका छन् ।

२६ बर्षिय अमेरिकी महिला मुलरलाई सिरियामा राहत सामग्री बितरणका क्रममा सन् २०१३ मा एल्लोपो शहरबाट आईएसले कब्जामा लिएको थियो । मुलरको हत्याले भने परिवारजनमा रुवाबासी चलेको छ ।  आइएससंग मुलरको रिहाईको लाागि बारम्बार आग्रह गर्दै आएको परिवारजनले आइएसले गरेको भूललाई भगवानले क्षमा नगर्ने बताएको छ ।  यसअघि आईएसले मुलर जोर्डनको हवाई हमलामा मारिएको ट्वीटर मार्फत जनाएको थियो ।