बिहिबार, बैशाख २०, २०८१

सत्तारुढदलले आफुहरुलाई एक्ल्याएर जबर्जस्ती बहुमतीय पद्धतिमा संविधान ल्याउन खोजेको नेता भट्टराईको आरोप

बुटवल माघ २४, एमाओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त्तारुढदलले आफूहरुलाई एक्ल्याएर जबर्जस्ती बहुमतीय पद्धतिमा संविधान ल्याउन खोजेको आरोप लगाउँदै यदि काग्रेस र एमालेले हिजोका गल्तीलाई सच्याउँदै अगाडि बढाएको प्रक्रियाको स्थगन गरे फेरिपनि वार्ताको

 वातावरण बन्नसक्ने बताउनुभएको छ ।  आज बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले संविधान प्रक्रिया नभई अन्तरवस्तुका आधारमा बनाउनुपर्ने जिकिर गर्दै नेता भट्टराईले प्रश्नावली समिति बनाएर मतदानको प्रक्रिया अगाडि बढाइएकाले वार्तामा बस्नुको औचित्य समाप्त भएको घोषणा गर्दै आफुहरु अन्दोलनमा जान बध्य भएको बताउनुभएको थियो ।

यद्यपि काँग्रेस एमालले एमाओवादीसहितको मोर्चा वार्तामा आए प्रक्रिया रोकिने जनाउ दिइसकेको अवस्थम पनि नेता भट्टराईले भन्नुभयो– “एकपक्षीय रुपमा बल मिचाइ गरेको कुनै देशको इतिहास छैन नभएको तर्फ सत्तारुढदललाई सचेत गराउनु भएको छ ।
त्यस्तै मुलकमा देखिएका राजनीतिक जटिलता कसरी अन्त्य गर्ने रु भन्ने विषयमा जनमत बुझ्न र आफ्ना कुरा जनतालाई बुझाउनका लागि पार्टीले आफूलाई पश्चिममा कमाण्ड गर्न खटाएकाले भन्दै उहाँले पटक पटक संविधान प्रक्रिया नभई अन्तरवस्तुका आधारमा बनाउनुपर्ने जिकिर सहित सहमतिको र वार्ताको प्रसङमा विशेष जोड दिनुभएको थियो ।