आइतवार, बैशाख २३, २०८१

सेवाग्राहीसङग रु ६५ हजार घुस लिएका प्राधिकरणका कर्मचारी सापकोटा र बिचौलिया श्रेष्ठविरुद्ध मुद्धा दायर

काठमाडौ माघ २३,  सेवा प्रभाह गर्नेक्रममा सेवाग्राहीसङग घुस लिई पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी कृष्णबहादुर सापकोटा र बिचौलियाको काम गरेका  विष्णुलाल श्रेष्ठविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।  प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर सापकोटाले बिचौलिया श्रेष्ठमार्फत काठमाडौँको म्हेपीमा बिद्युत्को तार सार्ने कामका लागि सेवाग्राहीसङग रु ६५ हजार घुस लिएको अवस्थामा केही दिनअघि पक्राउ परेको अख्तियारले जनाएको छ।

निजहरुको अनुसन्धान क्रममा कसुर गरेको पुष्टि भएकाले दुवैलाई रु ६५ हजार बिगो कायम गरी मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।