बिहिबार, चैत्र १५, २०८०

पशुपति मन्दिरमा ३ सय वटा सौर्य बत्ती जडान

काठमाडौ माघ २३, पशुपति क्षेत्र विकास समितिले पशुपतिनाथको मन्दिर लगायत आसपासका क्षेत्रमा ३०० वटा सौर्य बत्ती जडान गरेको छ । स्वचालित ढङ्गले साँझको solar_street_lightसमयमा बल्ने तथा बिहान उज्यालो भएपछि निभ्ने व्यवस्था सहित कोषले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा ती बत्ती जडान गरेको हो ।

कोषका सदस्य–सचिव डा गोविन्द टण्डनले आगामी फागुन ५ गते शिवरात्रिदेखि ती बत्ती प्रयोगमा ल्याइने जानकारी दिदै पशुपतिनाथको मन्दिर तथा तिलगङ्गा, पिङ्गलास्थान, गौशाला, भाष्मेश्वर घाट, कैलाश, गुहेश्वरीलगायतका क्षेत्रमा अब रातभर झलमल हुने बताउँनु भएको छ ।