मङ्लबार, बैशाख २५, २०८१

एनटिसीले गुणस्तरीय सेवा सहित दूरसञ्चारको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा मन्त्री डा.रिजालको जोड

काठमाडौ माघ २२,  सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल नेपाल टेलिकम कम्पनीको ११औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनटिसीले nepal telecomगुणस्तरीय सेवा सहित दूरसञ्चारको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । त्यस्तै मन्त्री डा रिजालले वर्तमान प्रतिस्पर्धी बजारअनुसार टेलिकमका सेवा सुलभ भएपनि गुणस्तरीय बन्न नसकेको पक्ष तर्फ इङगीत गर्दै जिी क्षेत्रको कम्पनीलजस्तै गुणस्तरीय सेवा दिने तर्फ कदम चाल्नु आवश्यक भएको बताउँन भएको छ । साथै यसको लागि उहँले कम्पनीले छिटो अधिकतम् मूल्यमा उच्चतम् प्रतिफल पाउने गरी साझेदारसँग सम्झौता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्ल ,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनीलेको विशेष ध्यान जानुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभएको थिये भने कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले संस्थागत सुधार एवम् हित अभिवृद्धि गर्ने र सेवाग्राहीले अनुभूति गर्न सक्ने गरी सेवाको गुणस्तर सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नभएको थियो ।

यसैवीच कम्पनीले वार्षिकोत्वसका अवसरमा आजदेखि यही माघ २९ गतेसम्म मोबाइल सेवामा ११ प्रतिशतसम्म छुट दिने र ल्यान्डलाइन पिएसटिएन   सेवाका ग्राहकका लागि फागुन महिनाको शुल्कमा ११ प्रतिशतको छुट र  जिएसएम, स्काई फोन पोष्टपेड मोबाइलमा मासिक ३ सय एमबी डाटा माघ २२ देखि फागुन ३० सम्म अवधि रहनेगरी निशुल्क उपलब्ध गराउने भएको छ। त्यस्तै १५ सय १० मा जिएसम स्काइ पोष्टपेडमा खरिदमा फागुन २९ गतेसम्म ३ महिना रहनेगरी १ जिबी डाटा निशुल्क र २ सयमा जिएसएम स्काइ प्रिपेड खरिदमा २ सय जिबी डाटा ३ महिना रहनेगरी निशुल्क कम्पनीले प्रदान गरेको छ। त्यस्तै कम्पनीले वाइम्याक्स सेवामा पनि २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031