मङ्लबार, बैशाख १८, २०८१

श्रमजीवी पत्रकार ऐन कार्यान्वयमा गम्भीरता नदेखाएको भन्दै महासङघद्दारा आक्रोश व्यक्त

काठमाडौं माघ २०, नेपाल पत्रकार महासङघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनप्रति सरकार र मिडिया व्यवस्थापनले गम्भीरता नदेखाएकोमा आक्रोश व्यक्त गर्दै तत्काल सरोकारवाला पक्षले ऐन कार्यान्वयन प्रक्रिया सुरु नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महासङघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा विभिन्न FNJ_logo2संङघ संङगठनका प्रतिनिधि र पत्रकारहरूबीच आज राजधानीमा गरेको कार्यक्रममा सहभागीहरूले महासङघले अव छलफलमा आन्दोलनको तयारी गर्नुपर्ने सुझाव दिएपछि त्यस्तो धारणा सार्वजनिक गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका निम्ति सरकार, मिडिया व्यवस्थापन र सम्बन्धित संस्थाहरूसङग चरणवद्धरुपमा छलफल गरे पनि कार्यान्वयमा गम्भीरता नदेखाएको भन्दै असन्तुष्टी जनाउँदै अव महासङघले सरकारको सम्बन्धित मन्त्रालय, संसदको सम्बन्धित समिति, मिडिया व्यवस्थापनका नेतृत्वदायी संगठनका साथै प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेस रजिष्ट्रारसँग तत्काल निर्णायक छलफल र आन्दोलनको तयारीलाई सङगसङगै अघि बढाउने बताउनुएको थियो ।
कार्यक्रममा महासङघका पूर्वअध्यक्ष सुरेश आचार्यले मिडियाको वर्गीकरण गरी राष्ट्रिय मिडियामा ऐनको पूर्ण कार्यान्वयनलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुपर्ने बताउनु भएको थियो भने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र क्रान्तिकारी पत्रकार सङघका अध्यक्ष गोविन्द आचार्यले महासङघले सुरु गर्ने आन्दोलनमा आआफ्नो सङघ संस्थको समर्थन र ऐक्यवद्धता रहने बताउनु भएको थियो ।
त्यस्तै गरि कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहाल र पत्रकार राजेश अहिराजले ऐनलाई समय सान्दर्भिक बनाएर कार्यान्वयनमा लैजाँदा अझ प्रभावकारी हुने धारणा राख्नुभएको महासङघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। ।