शनिबार, बैशाख १५, २०८१

सहमति र संविधान निर्माणको प्रक्रियामा आउन एमाले अध्यक्ष ओलीको आग्रह

प्रसङग : प्रेस चौतारी नेपालको १७ औंँ स्थापना दिवस

काठमाडौ माघ २२,  प्रेस चौतारी नेपालको १७ औंँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाआवदीलई बाह्रबुँदे सहमति र बृहत् शान्ति सम्झौतामा संविधानसभा छाडेर बाहिर गएर आन्दोलन गर्ने सहमति नभएकोतर्फ ध्यानाकर्षण गराउँदै सहमति र संविधान निर्माणको प्रक्रियामा kp-oliआउन आग्रह गर्नुभएको छ ।

त्यस्तै कार्यक्रममा काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एमाओवादीले संविधान निर्माणको प्रक्रियालाई रोक्नु लोकतान्त्रिक नभएको भन्दै स्थिती आफु अनुकुल भएन भन्दैमा जनभावना माथि खेलबाड गर्र्नु राम्रो पक्ष नभएको बताउनु भएको छ ।
त्यस्तै गरि एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बनाउन छाडेर बहिष्कार तर्फ लाग्नु गर राजनैतिक चरित्र भएको बताउनुभएको उक्त कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मा , क्रान्तिकारी पत्रकार सङ्घका प्रतिनिधि सचिन रोक्का चौतारीका अध्यक्ष राजेन्द्र अर्याल लगायतले मलुकको विद्यमान अवस्था र प्रेसमैत्री संविधानको आवश्उकता माथि प्रकास पार्नुभएको थियो ।

यसैवीच प्रेस चौतारी नेपालले स्थापना दिवसकै अवसरमा press-chautariहृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको जनकारी दिदै उक्त पुरस्कार प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ जनाएको छ ।