शुक्रबार, बैशाख १४, २०८१

अख्तियारको २४ औ स्थापना दिवसमा इन्द्रेणी साप्ताहिक पुरस्कृत

काठमाडौं फागुन २, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ औ स्थापना दिवशको अवसरमा भ्रष्टाचार जन्य समाचार सम्प्रेशित गरि सुशासन कायम गर्न  उल्लेखनीय सहयोग पु-याएकोमा सधन्यवाद गत माघ २८ गते इन्द्रेणी साप्ताहिकलाई २५ हजार नगद सहित पुरस्कृत गरिएको छ।  प्रस्तुत साप्ताहिकले निरन्तर सुशासन कायम गरि भ्रष्टाचार जन्य विकृतिलाई न्यूनीकरण गर्न विशेष अनुसन्धान गरि घुसखोरी, भ्रष्टाचार र अख्तियार दुरुपयोग गरिएका समाचार प्रकाशित गर्दै आएको छ ।
राष्ट्रपति डा. रामवरण यादवले साप्ताहिकका सम्पादक निरज रञ्जितलाई अख्तियारद्धारा प्राप्त नगद र कदर पत्र प्रदान गरेर सम्मानित गर्नुको अलव सुशासन कायम गर्न सहयोग पुयाएकोमा ६ वटा पत्रिकालाई प्रशंसापत्र, ६ वटा टेलिभिजन च्यानललाई प्रशंसापत्र, २ जना पत्रकार तथा भ्रष्टाचार विरोधी अभियन्तालाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरिएको थियो।