मङ्लबार, बैशाख १८, २०८१

चिनियाँ विदेशमन्त्री वाङ भोलि अपराह्न नेपाल आउँदै

काठमाडौ पौष ९, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा चीनका विदेशमन्त्री वाङ यी सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि अपराह्न wang-yiनेपालको तीनदिने औपचारिक सद्भावना भ्रमणमा काठमाडौं आउनुहुने भएको छ ।

शुक्रबार बिहान उहाँले चीन सरकारको सहयोगमा स्थानीय नयाँवानेश्वरमा निर्मित निजामति अस्पताललाई रु २० करोड बराबरका २६ वटा चिकित्सकीय उपकरण हस्तान्तरण गर्ने कार्यक्रम रहको परराष्ट्र मन्त्रालयल जनाएको छ । साथै विदेशमन्त्री वाङ यीले राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइराला, स्वास्थ्यमन्त्री खगराज अधिकारी सङग सोही दिन अपराह्न शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहको बुझिएको छ ।