मङ्लबार, बैशाख १८, २०८१

आज धान्य पूर्णिमा एवम् ज्यापु दिवस मनाउँदै

काठमाडौं मङसिर २०, आज मुलुकभर धान्यपूणिर्मा चाड मनाइँदै छ। नेवार समुदायले भने यस चाडलाई योमरी पुन्ही र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै छन्। आजका दिन विशेषगरि the-pnp-media-yomariभकारी वा कुथीमा भरेको धान कम नहोस् अर्थात सधंै धनधान्यपूर्ण होस् भनी मनाइने भएकाले यस चाडलाई धान्यपूणिर्मा भन्ने गरिएको हो। त्यस्तै आजको दिन बिहान सबेरै उठेर तिल र चाकु प्रयोग गरी चामलको पीठोको योमरी पकाएर खाने गरिन्छ ।

त्यसैगरी  पहाडी भेकमा भने यसै दिनदेखि जाडो सुरु हुने विश्वास सहित गाईबस्तुको गोठ बेंसीमा झार्ने गर्दछन् र त्यहींका देवताको पूजा गरी मनाउँछन्। त्यसैले यस पर्वलाई उधौंली पनि भन्ने गरिन्छ।