शुक्रबार, बैशाख २१, २०८१

एमाले र मधेसी नेताको बैठक, सरकारमा सहभागी हुन एमालेले गरेको प्रस्ताव  मधेसी मोर्चाले गरे अस्विकार 

भक्तपुर मङसिर १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा एमाले र मधेसवादी दलको नेताहरुपीच आगामी माघ ८ गतेभित्र संविधान जारी गर्नेबारे आवश्यक परामर्श uml-flagका लागि भन्दै बसेको बैठकमा एमालेको तर्फबाट प्रस्तुत सरकामा सहभागी हुँने गरेको प्रस्तावलनई मधेसी मोर्चाका नेताहरुले तत्काल सरकारमा जाने मोर्चाको अवधारणा नभएको भन्दै अस्विकार गरेको बुझिएको छ ।

तर एमाले उपाध्यक्ष भीम रावलले भने बैठकमा माघ ८ भित्रै संविधान जारी गर्न वातावरण बनाउनेबारे छलफल भएको जानकारी दिदै संविधान निर्माणका क्रममा भएका अन्तरवस्तुको विवादबारे सहमति जुटाउन गहन छलफल भएको तर मधेसी मोर्चाले सरकारमा सहभागी हुन अस्विकार गरेको नभई तत्काललाई सरकारमा सहभागी हुँन नसक्ने बताएको जानकारी दिनु भएको थियो ।

बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, एमाले उपाध्यक्षहरु विद्या भण्डारी, भीम रावल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम, मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्रकुमार महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका नेता रानी शर्मा लगायतका नेताहरुको सहभागिता रहेको थियो । बैठक भोली पनि बस्ने नेताहरुले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930