मङ्लबार, बैशाख २५, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको कार्यक्रम रद्द

काठमाडौ मङसिर ४,  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको कार्यक्रम रद्द भएको छ । यसअघि आसन्न सार्क शिखर सम्मेलनका 140929-modi-india-6a_5f623b9059fc6901b2b49eab11f8df27क्रममा प्रम मोदीले जनकपुर भ्रमण गर्ने तय भएको थिया । तर विहीबार काठमाडौं स्थित भारतीय दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई भ्रमण रद्द भएको जानकारी गराएको हो ।  परराष्ट्र मन्त्रालयले जनकपुरमा मोदी भ्रमणको तयारीको जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिलाई दूतावासले भ्रमण रद्द भएकोबारे जानकारी गराएको मन्त्री निधिलाइ उदृत गर्दै प्राप्त समाचारमा जनाइएको छ ।

यसैवीच मन्त्री निधिले पनि भारतीय प्रम नरेन्द्र मोदीको जनकपुर भ्रमणको कार्यक्रम रद्द भएको पुष्टि गर्दै जारी विज्ञप्तिमा प्रम मोदीको जनकपुर भ्रमण रद्द भएको पुष्टि गरेका छन् । ‘भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द भएर जनकपुरले र हामी यस क्षेत्रका सम्पूर्ण जनताले एउटा ठूलो अवसर गुमाएका छौं’– मन्त्री निधिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।मोदीको जनकपुर भ्रमणका विषयमा विभिन्न विवाद सिर्जना भएपछि भ्रमण रद्द भएको बुझिएको छ ।

यस्तो छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री  विमलेन्द्र निधिद्दारा जारी  विज्ञप्ति :

प्रेस बिज्ञप्ति

Bimalendra-Nidhiकाठमाडौंस्थित भारतीय दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई दिएको जानकारी र परराष्ट्र मन्त्रालयले मलाई दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्री सम्माननीय श्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको दुखद समाचार सम्बन्धित सबैको जानकारीको लागि अवगत गराउँदछु ।

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण रद्द भएर जनकपुरले र हामी यससम्पूर्ण क्षेत्रका जनताले एउटा ठूलो अवसर गुमाएका छौं ।

भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका लागि स्वागत गर्न र त्यसका लागि सबै तयारी एवं गृहकार्य गर्न नेपाल सरकारले मलाई जिम्मेवारी दिएको र सोही अनुसार तयारीमा जुटेको सर्वविदित नै छ । यस कार्यमा सहयोग गर्ने सबै राजनीतिक दलहरु, संघसंस्थाहरु, प्रशासन, नागरिक समाज र पत्रकार साथीहरुप्रति धन्यवाद व्यक्त गर्दछु ।

जगत जननी जानकी माताको प्रांगणमा भारतीय प्रधानमन्त्रीको स्वागत गर्ने टुङ्गो लागि सकेको अवस्थामा एमाओवादीको नेतृत्वमा केही मधेसवादी दलहरुले गैरजिम्मेवारपूर्ण तरिकाले तयारीको विरोधमा जिल्ला प्रशासनमा गई उग्ररुपले जुलुस प्रदर्शन गरेको, ज्ञापनपत्र मार्फत समानन्तर मञ्च बनाउन र सुरक्षा घेरा तोड्ने धम्की दिएको त्यतिमात्र होइन, कुटनीति प्रचलनको विपरित वीरगञ्जस्थित भारतीय काउन्सिलरको कार्यालयमा गई ज्ञापनपत्र दिएको जस्ता अवाञ्छित र अतिवादी व्यवहारले अभिनन्दन कार्यक्रम विथोल्ने चेतावनी दिएको विवादित वातावरण सिर्जना गरेको कार्यप्रति म घोर भत्र्सना गर्दछु ।

  विमलेन्द्र निधि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31