बिहिबार, बैशाख ६, २०८१

आतङकबादी सङगठन आइ एस् आइ एस् का सदस्य काठमाडौंमा पक्राउ

 नक्कली एटीएम प्रयोग गरी रकम निकाल्ने टर्केली नागरिक पक्राउ

काठमाडौ मङसिर ४  सुनिल शर्मा /  खुल्ला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण अन्र्तराष्ट्रिय आतङकवादी मुस्लिम सङगठन एस् आइ एस् ले नेपालमा पनि आफ्नो सङगठन बिस्तार गरेको छ। aazaad foundation नामक मुस्लिम सङगठन मार्फत ईण्डियन मुजहेदेहिन र आइ एस् आइ एस् ले नेपालमा संगठन बिस्तार गरेको हो । श्रोतका अनुसार आउदो ५ वर्ष भित्रमा आइ एस् आइ एस् ले भारतलाई ईस्लामिक राष्ट्र घोषणा गर्ने रणनीती अनुरूप ४०००० जेहादी नेपाल भारत सीमा क्षेत्रमा तयार गरी रहेको बुझिएको छ ।

भारतमा आइ एस् आइ एस् को झन्डा फराउन र कश्मिर कब्जा गर्ने पहिलो रणनीती तय गर्दै मुस्लिम अतिबादीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहिलो निशाना बनाएका छन्। सार्क सम्मेलनको पूर्व सन्ध्यामा अन्र्तराष्ट्रिय मुस्लिम आतङकबादी सङगठन आइ एस् आइ एस् को एक सदस्य काठमाडौंमा पक्राउ परेको छ। खुफिया श्रोतका अनुसार आइ एस् आइ एस् को फिल्ड कमान्डर् सिरियन नागरिक बिबरस इस्मएल नामक ३१ बषि{य सिरियन नागरिकको पासपोट नम्बर  N006565207 रहेको छ। निज ब्यक्ती यू ए इ बाट काठमाडौं प्रबेश गरेको   थाहा भएको छ। ।

फ्रान्सको नक्कली पासपोट लिएर नेपाल प्रबेश गरेको बिबर्स लाई अध्यागमन बिभागले गत साता पक्राउ गरेको हो। हाल   बिबर्स अध्यागमनको हिरासतमा रहेको थहा भएको छ।  श्रोतका अनुसार बिबर्स को गिरफ्तारी पछी भारतीय गुप्तचर संस्थका ब्यक्तिहरु काठमाडौं आएर निजको सम्पूर्ण जानकारी लिएर गएको बुझिएको छ ।  त्यस्तै  बिबर्सले नेपाल बस्दा ईण्डियन मुजहेदेहिनको माथिल्लो स्तरको नेता अजिज वडाला भन्ने लाई भेटेको थाहा भएको छ।

प्रस्तुत प्रसङगमा अध्यागमन विभागका निर्देशक बाबुराम थपासङग सम्पर्क राख्दा बिबर्स पक्राउ परेको स्विकार्दै भारतीय दुताबासले बिशेष चासो राखेको हुँदा थप जानकारी दिन नमिल्ने भनी केही बताउन चाहनु भएन। स्मरण रहोस् नेपाल भारत सिमा क्षेत्र १८०० कि मि मा ४००० गैर कानुनी रूपमा मस्जिद र मदर्सा बनाइएको छ। ति मस्जिद र मदर्साहरु भारत बिरुद्धको आतङकबादी तालिम केन्द्रका रूपमा ईण्डियन मुजहेदेहिन र आइ एस् आइ एस् ले प्रयोग गर्दै आइ रहेका छन।

यसैवीच प्राप्त अर्को जानकारी अनुसार केन्द्रिय अनुसन्धान व्युरोले अन्र्तराष्ट्रिय आतङकबादी सङगठन सङग निकट रहेको आशङकामा टर्की नागरिक Mehamat Gulen  नामक ब्यक्तीलाई ठमेल इस्थित होटेल वूडल्यान्डको कोठा नम्बर ३०१ बाट प्रहरीले २६ लाख नेपाली, ५००० अमेरिकन डलर, थुप्रै ATM कार्ड  र बिभिन्न ब्यक्तीहरुको खाता बाट किर्ते गरी रकम झिक्न प्रयोग गर्ने एलेक्ट्रोनिक मेशिन, Data transfer लगायत मास्टर कार्ड, भिसा कार्ड, डेबिट कार्ड, सहित ईलेक्ट्रोनिक उपकरणहरु बरामत्त गरेको छ। निज मेहमतले थैल्यान्डअ, भारत र नेपालबाट रकम झिकी आतङकबादी सङगठनहरुलाई सहयोग पुर्याएको आशंकामा प्रहरीको रहको छ ।

त्यस्तै  ईराक, सिरिया, र टर्कीका मुस्लिम आतङकबादी हरुले नेपाललाई आफ्नो रणनैतीक कार्यथलोको रूपमा प्रयोग गरी रहेका छन। भारतीय खुफिया एजेन्सी र को गतिबिधी लाई लिएर नेपाल र भारतमा आलोचना भरहेको छ। यसैलाई मध्यनजर राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पि एम ओ अफिस मै पूर्व इन्टेलिजेन्स व्युरोका प्रमुख लाई नियुक्ती गरे पछी पि एम ओ अफिसले सोझै सुरक्षा सम्बन्धी हेर्न थालेको छ। यस् घटनालाई लिएर सार्क सम्मेलनको पूर्व सन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा माथि प्रश्न उठेको छ। हाल भारतबाट गुप्तचरहरु को बिशेषटाली काठमाडौं आएर यस् बिषय मा अध्ययन अनुसन्धान सुरु गरेको श्रोतको  दावी रहको छ।