बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति डा. यादवलाइ प्रचण्डले भने सत्ताधारीदलका कारण संविधान निर्माणमा समस्या देखियो

काठमाडौ मङ्सिर ५, राष्ट्रपति डा रामवरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति भवन शीतल निवासमा आज ram b. dhaallमुलुकको समसामयिक विषय र संविधान निर्माणका बारेमा भएको भेटवार्तामा छ । भेटवार्ताका क्रममा राष्ट्रपति डा यादवले संविधान निर्माणमा भइरहेको पछिल्लो प्रगतिबारे एमाओवादीका अध्यक्ष दाहालसङग विशेष जिज्ञासा राख्नुभएको राष्ट्रपति निवास स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार राष्ट्रपतिबाट अभिव्यक्त जिज्ञासाको जवाफमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टी सहमतिमै संविधान निर्माण प्रक्रिया अगाडि बढोस् भन्ने पक्षमा रहेको भए पनि सत्ताधारी दल काँग्रेस र एमालले १२ बुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न समयमा सहमतिका भावना विपरित अगाडि बढ्न खाजेको बताउँदै संविधान निमार्ण प्रक्रियामा समस्या सिर्जना भएको बताउँनु भएको बुझिएको छ । प्रचण्डको यस्ता जवाफ पछि राष्ट्रपति डा झिनामसिना कुरामा नअल्झी सहमतिमै संविधान निर्माण प्रक्रियालाई मूतरुप प्रदान गर्न भन्नुभएको थाहा भएको छ ।