काठमाडौं कार्तिक ३०, पार्टीेका आन्तरिक विवादबारे छलफल गर्न भन्दै शनिवारबाट सुरु भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि राजधानीको बुद्धनगरस्थित पार्टी कार्यालयमा जारी रह्यो । बैठकमा बोल्न बाँकी सदस्यहरुले अध्यक्षको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा यस अघि अध्यक्ष मोहन वैद्यले शनिवारनै बैठकमा प्रस्तुत गर्नु भएको पार्टीभित्रको अन्तरसंघर्ष, समसामायिक राजनीति र आगामी संघर्षका कार्यक्रम लगायत विषयको प्रस्तावमा बाल्दै नेकपा माओवादीका अधिकांश सदस्यले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सचिव नेत्रविक्रम चन्द र उनी पक्षीय नेतालाई कारवाही स्वरुप स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेको बुझिएको छ ।