शुक्रबार, बैशाख १४, २०८१

नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा प्राज्ञहरूको योगदान महत्वपूर्ण : प्रम कोइराला

काठमाडौ कात्तिक ३०, प्रधानमन्त्री सुशील कोइरालाल मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक समत रहेका उहाँले नेपाल सङ्गीत तथा नाट्sushil-koirala_8य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रस्तुत अभिव्यक्ति दिनु भएका हो ।

साथै माघ ८ गतेभित्र संविधान जारी गर्नका लगि सबैको सकारात्मक दृष्टिकोण आवश्यक भएका भन्दै प्रम काइरालाले प्राज्ञहरूको योगदानबाट नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा ठूलो उपलब्धि हासिल भएको र यसवीचमा प्राप्त उपलब्धीलाइ संस्थागत गदैै सोको संरक्षणका लागि पहल थल्नु पनृ बताउँनु भएको थियो । त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले पछिल्लो विद्युत् विकास एवम् व्यापार सम्झोैतामा सम्बन्धमा सहमति भएसँगै नेपालको जलस्रोतको विकासको बाटो खुलेको र यसका सदुपयोग गर्नु पर्नेमा जोड दिदै राष्ट्रलाई आघात पर्ने गरी कुन पनि सम्झौता आफुल नर्गर्ने बताउँनु भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिष्ठानका संरक्षक दीपकचन्द्र अमात्यले भाषा, साहित्य, कला, नाट््य तथा गीत–सङ्गीत क्षेत्रको विकास गर्नु राज्यको दायित्व भएको अभिव्यक्ति दिनु भएका उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मुलुकको ठूलो तागत भनेको विविधताबीचको एकता भएकाले भाषा, सङ्गीत, साहित्य तथा गीत–सङ्गीत र नाट््य विधाका माध्यमबाट सबै जातजाति र भाषाभाषीलाई एकीकृत तुल्याउनु पनमा जाड दिनु भएको थियो ।

त्यसैगरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्त श्रेष्ठले जनआन्दोलनको उपलब्धिका रूपमा प्रतिष्ठानको स्थापनालाई लिइँदै आएकामा अझै पनि भौतिक पूर्वाधार र बजेटको कमीले गतिविधि प्रभावित भएको तीतो यथार्थ भोग्नुपरेको गुनासो गर्नु भएको थियो ।