बुधबार, बैशाख १२, २०८१

पार्टी अनुशासन उल्लंघन गर्ने चन्दलगायतका नेतालाई कारवाही गर्न सदस्यहरुको माग 

काठमाडौं कार्तिक ३०, पार्टीेका आन्तरिक विवादबारे छलफल गर्न भन्दै शनिवारबाट सुरु भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि राजधानीको बुद्धनगरस्थित पार्टी कार्यालयमा जारी रह्यो । बैठकमा बोल्न बाँकी सदस्यहरुले अध्यक्षको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा यस अघि अध्यक्ष मोहन वैद्यले शनिवारनै बैठकमा प्रस्तुत गर्नु भएको पार्टीभित्रको अन्तरसंघर्ष, समसामायिक राजनीति र आगामी संघर्षका कार्यक्रम cpn_maoistलगायत विषयको प्रस्तावमा बाल्दै नेकपा माओवादीका अधिकांश सदस्यले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै सचिव नेत्रविक्रम चन्द र उनी पक्षीय नेतालाई कारवाही स्वरुप स्पष्टीकरण सोध्नुपर्ने धारणा राखेको बुझिएको छ ।