मङ्लबार, बैशाख २५, २०८१

उच्चस्तरीय राजनीतिक समितिको पहिलो बैठक बस्दै नबसी स्थगित

काठमाडौ असोज २५, उच्चस्तरीय राजनीतिक समितिको आज बस्ने भनेको पहिलो बैठक बस्दै नबसी स्थगित भएको छ । समितिका संयोजक एवम् एमाओवादीका dhaallअध्यक्ष पुष्पकमल दाहाल कार्यक्रमको सिलसिलामा मुस्ताङ गई फर्कन ढिला भएकाले आज अपराह्न ४ बजेका लागि डाकिएको बैठक बस्दै नबसी स्थगित गरिएको हो ।

आजको बैठकमा समितिको क्षेत्राधिकार र सचिवालय स्थापनालगायतको बिषयमा छलफल गर्ने तयारी थियो । दलहरुबीच गत बुधबार भएको पाँचबुँदे सहमति अनुसार गठित समितिको पहिलो दुई महिनाका लागि संयोजकको जिम्मेवारी ग्रहण गरेका अध्यक्ष दाहाल काम विशेष भन्दै उता गएका कारण बैठक बस्न नसकेको उहाँ निकट स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2014
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930