मङ्लबार, बैशाख १८, २०८१

अनुसन्धान विभागको डिएसपी भन्दै ठगी गर्दै हिंडेका ढकाल पक्राउ

काठमाडौ असोज ७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागले आफूलाई अनुसन्धान विभागको डिएसपी नवीनसिंह खड्का भएको भन्दै 10452827_668851326519176_7721601283545449707_oविभिन्न व्यक्तिसँग ठगी गर्दै हिँडेका गोरखा –२ का दीपकप्रसाद ढकाललाई सोमबार पक्राउ महानगरीय प्रहरी प्रभाग हनुमानढोका चलान गरेको  जनाएको छ ।
उनको साथबाट प्रहरीले मोबाइल फोन, त्यसमा प्रयोग हुने सिमकार्ड, रु ७५ हजार नगद, राहदानी, नागरिकता र विभिन्न बैंकका चेकबुकसमेत बरामद गरेको जनाउँदै प्रहरीले ढकालबाट पीडित भएकालाई महानगरीय प्रहरी प्रभाग काठमाडौँमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।