शुक्रबार, चैत्र १६, २०८०

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौ असोज ७, अख्तियार दुरूपायोग अनुसन्धान आयोगले नाम मात्रको झोले विद्यालय चलाउँदै आएका सर्लाही जिल्लाको स्रोतकेन्द्र अन्तर्गत akither-ko-logo1सामुदायिक प्राविका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो विद्यालयका प्रधानाध्यापक नवीनकुमार यादव र अध्यक्ष सुशीलप्रसाद श्रेष्ठले आर्थिक वर्ष २०६६ देखि आर्थिक वर्ष २०७०/७१ सम्म जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको रु सात लाख ५२ हजार ९६९ हिनामिना गरेको आयोगको दाबी सहित हदैसम्मको कारबाहीको माग दाबी गर्दै मुद्दा दर्ता गरिएको आयोगले आज साँझ जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।