बिहिबार, बैशाख २०, २०८१

पाँचौ मिस्टर हिमालयन राष्ट्रिय शारीरिक सुगठनको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौ भाद्र ३० , नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घको आयोजनामा आगामी असोज ३ गतेदेखि हुन गइरहेको पाँचौ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज राजधानीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

सङ्घले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार ६ समूह क्रमस ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गराइने र प्रत्येक समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले पुरस्कारस्वरुप क्रमशः रु २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने जनाएको छ ।

त्यस्तै, प्रतियोगिताको अन्तिम चरणमा प्रत्येक समूहका समूहगत विजेता खेलाडीबीच प्रतिस्पर्धा गराई सबैमा प्रथम हुनेले मिस्टर हिमालयनको उपाधिसहित रु दुईलाख प्राप्त गर्नु को अलावा डिसेम्बर ५ देखि भारतमा हुने छैठौं विश्व शारीरिक सुगठन प्रतियोगिताको लागि समेत यसै प्रतियोगिता मार्फत खेलाडी छनोट गरिने तयारी आयोजक समितिले गरेको छ ।