मङ्लबार, बैशाख २५, २०८१

संविधानसभामा राजनीतिक संवाद समितिको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौ भाद्र २७, संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल 40643ecdfcf3ac8836355f8c6ee20e1bप्रारम्भ भएको छ । यसअघि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले समितिका सभापति डा. बाबुराम भट्टराईलाई सो प्रतिवेदन बैठकमा प्रस्तुत गर्न अनुमति दिनुभएको थियो । त्यसपछि समितिका सभापति डा। भट्टराईले संविधानसभा नियमावली, २०७० बमोजिम संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

सो छलफलमा भाग लिँदै नेपाली काँग्रेसका भरत शाहले हदैसम्मको लचकता अपनाएर भए पनि सहमति गर्ने भनिएको र त्यसो हुन नसके प्रक्रियामा गएर भए पनि संविधानका विवादित विषयलाई टुङ्ग्याएर संविधान बनाउने भनिएकाले जनतामा आशा पलाएको छ भन्नुभयो । उहाँले संवैधानिक परिषद्मा महिलाको सहभागिता हुनु राम्रो हो भन्दै शासकीय स्वरुप र राज्य पुनःसंरचनाका विषयमा सहमति खोज्नुपर्नेमा जोड दिनुभएको थिया ।

आजके छलपलmलमा नेकपा एमालेका भीम रावल.एमाओवादीका शक्ति बस्नेत,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा,नेकपा ९एमाले०का काशीनाथ अधिकारी ,सोही पार्टीका वैजनाथ चौधरी त्यस्तै गरि ,एमाओवादीका अग्नि सापकोटा ,नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले ,तराई मधेस लोकतान्त्रिक पार्टीका वृजेशकुमार गुप्ता लगायतका वक्ताहरुले आआफ्नो धारणा राख्न भएको  थियो ।प्रतिवेदनमाथि सभासद्हरुले बोल्ने क्रम जारीरहेको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031