शुक्रबार, बैशाख ७, २०८१

विधानसभा बैठकमा संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमति सहितको प्रतिवेदन प्रस्तुत

प्रस्तावित विषयमा छलफल गर्दा सभासद्लाई गम्भीर हुन आग्रह समितिका सभापति डा. भट्टराईको आग्रह

काठमाडौ भाद्र २६, संविधानभाको आजको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमतिसहितको प्रतिवेदन, २०७१ पेस गर्नुभएको छ। । प्रस्तुत गत भाद्र २१ भित्र संविधानका अन्तर्वस्तु अन्र्तगत राज्यको पुनःसंरचना र शक्तिको बाँडफाँट, शासकीय स्वरुप निर्धारण, न्यापपालिका र निर्वाचन प्रणाली लगायतका महत्वपूर्ण विषयमा सहमतिकायम गर्न कायादेश दिइएको थियो ।

तर आज बसेको विधानसभाको बैठकमा समितिका सभापति डा भट्टराईले संविधानसभामा राज्यको पुनःसंरचना र शक्तिको बाँडफाँट, शासकीय स्वरुप निर्धारण, न्यायपालिका र निर्वाचन प्रणाली लगायतका १३ वटा विषयगत महत्वपूर्ण एजेन्दामा सहमति हुन नसकेका जानकारी दिदै उक्त प्रसतवेदन पेश  गर्नुभएको हो ।

त्यस्तै प्रतिवेदन पेश गर्दै डा . भट्टराईले बाह्रबुँदेदेखि अहिलेसम्मका सहमति र सम्झौताका आधारमा टेकेर संविधान बन्नुपर्छ, कतिपय विषयमा सहमति हुन सकेन भने बहुमतीय विधिबाट टुङ्ग्याउन सकिन्छ तर आधारभूत विषयमा भने सहमति भएन भने भोलि त्यो विद्रोह वा दुर्भाग्यको कारण पनि बन्न सक्छ भन्दै प्रस्तावित विषयमा छलफल गर्दा सभासद्लाई गम्भीर हुन आग्रह गर्दै एउटा सानो झिल्कोले पूरै वन डढाउन सक्छ, यसतर्फ ध्यान दिन आग्ह गनु भएको थियो ।   प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि संविधानसभाको अर्को बैठक अर्काे बैठक भोलि २७ गते बिहान ११ बजे बस्ने  भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031