बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री सुशील कोइरालाको नेतत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठित

एमालेले दुई मन्त्री फिर्ता बोलायो

काठमाडौ भाद्र २७, प्रधानमन्त्री सुशील कोइरालाले नेपालको अन्तरिम संविधानको २०६३को धारा ३८,३९ र ४० वमोजिम मौजुदा मन्त्रिमण्डलमा
mahesh_2014091208233910648663_10152765474356554_2946185464807011757_oसामान्य हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले नेकपा एमालेको सिफारिसमा उक्त हेरफेर गर्नु भएकोहो ।

 यसरी पुनर्गठित मन्त्रिमण्डलमा दीपकचन्द्र अमात्यलाई संस्कृति, पर्र्यटन तथा नागरिक उड्डयन र महेश बस्नेतलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । दुईमन्त्रालय बाहेक मौजुदा मन्त्रिपरिषद्का अन्य सदस्यको कार्यविभाजन यथावत् रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि उक्त मन्त्रलयको जिम्मेवारीमा पर्यटनमन्त्री भीमप्रसाद आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापाले सम्हाल्दै आउँनु भएको थियो ।