मङ्लबार, बैशाख २५, २०८१

नेपालको दुईदिने भ्रमण पूरा भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

 नेपाल भारतवीचको सम्बन्धमा नयाँ उचाई थपिने विस्वास

 प्रधानमन्त्री सुशील कोइरालालार्इ भारत भ्रमणको लागि आमन्त्रण 

काठमाडौं श्रावण १९, नेपालको दुईदिने भ्रमणमा आउनु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज स्वदेश फर्किनुभएको छ । ७५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ४५ मिनेटमा स्वदेश फर्केका हुन् । मोदीलाई त्रिभूवन विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, सवारी मन्त्री मिनेन्द्र रिजाललगायतले बिदाइ गनु भएको थियो ।भारतीय प्रधानमन्त्री मोदीलाइ विदाई गर्दै गर्दा उहाँले प्रधानमन्त्री सुशील कोइरालालार्इ भारत भ्रमणको लागि आमन्त्रण गर्नुभएको थियो ।

 नेपाल narendra_20140804053726फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्नो दुईदिने   नेपाल भ्रमण सफल भएको बताउँदै यो  नेपाल भारत सम्बन्धमा नयाँ उचाई थपिने बताउनुभएको थियो । पत्रकार सम्मेलन  अघि प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरि उहाँले ससमयमा संविधान बनाउन सुझाव दिनुभएको थियो । मोदीले नेकपा एमाले एकीकृत नेकपा माओवादी, मधेसी राजनीतिक दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेताहरुले मोदीसँगको भेट अत्यन्त फलदायी, उपलब्धिपूर्ण रहको बताउँदै  भेटवार्ताको क्रमममा   मोदीले नेपालको आर्थिक विकासको निम्ति सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको जानकारी दिनुभयो भएको छ ।

त्यस्तै भेटपछि पत्रकारहरुसँग कुराकानी गदै एमाओवादी अध्यक्ष प्रचण्डले छलफलले नेपाल र भारतको सम्बन्धको नयाँ आयामको सुरुवात भएको बताउनुभयो ।  उहाँले नेपालमा आर्थिक विकास, राजनीतिक स्थिरता र समृद्धि हुनुपर्छ भन्ने कुरा मोदीले दृढ विचार प्रकट गर्नुभएको जानकारी दिनुभयो । एमाओवादीले सीमा समस्याको समाधान गर्न आग्रह गरेको थियो ।

त्यस्तै  प्रधानमन्त्री मोदीले मधेसी दलका  नेताहरूसँग पनि  सयुक्त भेटवार्ता गर्नुभएको छ । भेटमा मधेसी नेताहरुले मधेसको विकासमा विषेश महत्व दिन आग्रह गरेका थिए । भेटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो,मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) का राजकिशोर सिंह, नेपाली काँग्रेसका सभासद्  अमरेशकुमार सिंह लगायतका नेताहरूको सहभागीता रहेको थियो ।     त्यसैगरि प्रधानमन्त्री मोदीसँग निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले आज भेट गरेका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2014
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031