बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति यादव र भारतीय प्रमवीच भेटवार्ता:चाँडोभन्दा चाँडो नेपालले संविधान प्राप्त गर्ने प्रम मोदीको विश्वास

समाचार संकलन गर्न पुगेका नेपाली निजी सञ्चार माध्यमहरुलाइ राष्ट्रपति निवास प्रवेशमा रोक

काठमाडौं श्रावण १९, नेपालको दुइदिने औपचारिक अौपचारिक भ्रमणमा आउँनु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान राष्ट्रपतिरामवरण यादवसँग शितल निवासमा भेटवार्ता गर्नु भएको छ । उहाँ राष्ट्रपति यादवलाई भेट्न सवा ११ बजे शितल निवास प्रवेश गनु भएको थियो ।  भेटमा दुईदेशको आपसी हितका विषयमा कुराकानी भएको थियो । राष्ट्रपति यादवले मोदीले आइतबार संसदमा दिएको भाषणको प्रशंसा गर्दै भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्धमा ठूलो योगदान पुग्ने आशा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका जनताका लागि प्रजातन्त्रको महत्व रहेको चर्चा गर्दैे चाँडोभन्दा चाँडो नेपालले संविधान प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्दारा जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यस पछि शितल निवासमै आयोजित दिवा भोजमा मोदी सहभागी भएर हयात होटल गएका छन् । यस पछि आजै अपरान्ह ४ बजेसम्मको समय सिमा मुलुकका प्रमुख दलका नेताहरुक्रमस एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मधेसी दलका नेताहरु र त्यस्तै गरि उद्योगी व्यवसायीसँग भेट्ने कार्यक्रम रहेको बुझिएको छ ।  यसैवीच राष्ट्रपति  रामवरण यादवसँग हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटको समाचार संकलन गर्न पुगेका नेपाली निजी सञ्चार माध्यमहरुलाइ राष्ट्रपति निवास प्रवेशमा रोक लगाइएको थियो भने सरकारी सञ्चारमाध्यम  र   भारतीय मिडियाकर्मीलाइ मात्र   प्रवेश गराइएको थियो ।