मङ्लबार, बैशाख १८, २०८१

नेपाल भ्रमणको प्राप्त अवसरबाट भारतीय प्रम मोदी खुशी

काठमाडौ श्रावण १८, दुई दिने नेपालको औपचारिक भ्रमणमा आउँनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू प्रधानमन्त्री निर्वाचित भएलगत्तै नेपाल भ्रमण गर्ने अवसर पाउँदा निकै खुसी लागेको भन्दै नेपालको विकासका लागि कुनै पनि सहयोग गन आफ तयार रहेको बताउँनु भएको छ । त्यस्तै उहाँले त्यस अवसरमा भ्रमणले दुई देशका जनताबीचको आपसी अन्तरक्र्रिया र सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी र नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेबीच आज बिहान भएको शिष्टाचार भेटवार्ताको क्रममा प्रस्तुत अभिव्यक्ति दिनु भएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।