शुक्रबार, बैशाख १४, २०८१

प्रवेशीका पूरक परीक्षा मङगलवारबाट सुरु हुने

भक्तपुर श्रावण १८, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मङगवारबाट सुरु हुने प्रवेशीका परीक्षाको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
pa ni ka विसं २०७० को प्रवेशीका परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षा स्वरुप लिइने प्रस्तुत परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागीहँदै गरेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाउँदै परीक्षाका लागि कार्यालयले देशभर कुल २३४ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।