काठमाडौं श्रावण १४, एमाओवादीको स्थायी समितिको बैठक आज बस्दैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने तय भएको आजको बैठकमा विशेष गरी पार्टीभित्र चुलिएको आन्तरिक विवादलगायत सार्वजनिक लेखा समितिको सभापतिमा पार्टीबाट उम्मेदवार कसलाइ बनउँने भन्ने सम्बन्धमा छलफल गरिने सम्वद्ध स्रोतले जनाएको छ ।
त्यस्तै विभिन्न जिल्लामा पार्टीको समानान्तर कमिटीहरु गठन र अध्यक्ष प्रचण्ड र नेता डा बाबुराम भट्टराईबीच देखिएको मतभेदका प्रसङमा पनि शीर्ष तहमा छलफल गर्ने मनस्थिती एमाओवादीले बनाएको भन्दै उक्त विषयमा पनि आजको बैठकमा छलफल गर्ने तयारीमा स्थायी समितिका सदस्यहरु रहेको बुझिएको छ ।