शुक्रबार, चैत्र १६, २०८०

भारतसङग विद्युत विकास सम्झौता होइन विद्युत् व्यापार सम्झौता मात्र गर्न सकिने : एमाओवादी

काठमाडौँ श्रावण १५ ,एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले भारत सरकारसँग विद्युत् व्यापार prachanda-new-house-2सम्झौतामात्रै गर्नुपर्ने निष्कर्ष निकालेको छ । भारतीय प्रम नरेन्द्र मोदी आउनु पूर्व भारतीय सरकारको तर्फबाट नेपाल सरकारलाई विद्युत् विकास सम्झौता गर्ने भनेर पठाएको प्रस्ताव अस्वीकार गर्नुपर्ने र सो सम्झौता कुनै पनि हालतमा स्वीकार गर्न नसकिने ठहर गर्दै एमाओवादीले यस्ते निष्कर्ष पहिल्याएको एमाओवादीका नेता एवम् ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले बतउनु भएको छ ।

त्यस्तै बैठकले गत नेपाली काँग्रेस र नेकपा (एमाले)ले समेत व्यापार सम्झौता गर्न सहमति जनाएको अवस्थामा राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव सहित गत श्रावण १३ गते प्रमुख तीन राजनीतिक दलको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गन गरेको कार्यदलमा एमाओवादीका तर्फबाट सहभागी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्य दलसँग भएको वार्ता र संवाद तथा समान धारणाका विषयमा स्थायी समितिको बैठकलाई जानकारी गराउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा विद्युत् व्यापार सम्झौता गर्न सकिने ठहरसमेत बैठकले गरेको बुझिएको छ ।