मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस विपीको देखाउँनु भएको बाटोमा प्रतिवद्ध रुपमा क्रियाशिल : कार्यवाहक सभापति पौडेल

काठमाडौ श्रावण ५, नेपाल प्रेस युनियनले आज राजधानीमा आयोजना गरेको प्रजातान्त्रिक समाजवाद र विपी कोइराला विषयक विचार गोष्ठीलाइ सम्बोधन गदैै काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले काँग्रेस अहिले पनि विपीको देखाउँनु भएको बाटोमा प्रतिवद्ध रुपमा क्रियाशिल रहेको बताउँनु भएको छ ।  त्यस्तै कावा सभापति पौडेलले समाजवादको प्रस्थान विन्दु सामाजिक र आर्थिकरुपमा कुनै पनि परिवारको आवश्यकता पुरा गर्नु हो भन्ने विपीको विचार अनुरुपनै विगतमा र अहिले पनि काँग्रेस लागि परेको छ भन्दै विपीले त्यसवेला तत्कालीन राजालाइ लोकतन्त्र चाहिदैन भने जनतालाई पनि राजतन्त्र चाहिदैन भन्ने मान्यता अनुरुप काँग्रेसले गणतन्त्रको माग अवलम्बन गरेको बताउँदै काँग्रेसले विपीको विचारलाई कुनै पनि अर्थमा त्याग्न नसक्ने बताउँनु भएको छ ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी वरिष्ठ पत्रकार हरिहर विरही, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ल,े नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल, युनियनका सल्लाहकार कविर राणा, युनियनका निवर्तमान अध्यक्ष किरण पोखरेल, उपमहासचिव बाला अधिकारी तथा मध्यमाञ्चल संयोजक दीपक आचार्य लगायतले विपीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो  ।

 प्रस्तुत फोटो युनियनका सल्लाहकार कविर राणाको फेसवुक पेजबाट उतार गरिएको हो (स) 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु