शनिबार, बैशाख ८, २०८१

विद्युत् विकासको लागि राजनीति होइन सहमति कायम गरौँ : मन्त्री ज्ञवाली

काठमाडौँ श्रावण ५, भारतसँग गर्ने भनिएको विद्युत् व्यापार सम्झौताको विषयमा  सडक देखि सदन सम्म चर्चा परिचर्चा भईरहेको वेलामा ऊर्जा मन्त्री राधा ज्ञवालीले विद्युत् विकासको लागि राजनीति होइन सहमति कायम गरौँ ऊर्जा मुलुकको विकासको मेरुदण्ड हो भन्दै व्यवस्थापिका–संसद्मा छलफल गरेर मात्रै यसबारेमा अन्तिम निर्णय लिने radha-gyawaliबताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्कनुभएपछि सरोकारवाला पक्षसँग वृहत छलफल गरेर सम्झौताको प्रक्रिया अगाडि बढाइने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लाग्नुभएको आसन्न नेपाल भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा ठोस सहमति हुने विस्वास व्यक्त गनु भएको छ ।

साक्षात्कार कार्यक्रममा पूर्व ऊर्जा मन्त्री डा प्रकाशशरण महतले विद्युत् व्यापारको महत्वपूर्ण बजार भनेको भारत भएकाले त्यसका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै अहिले महत्वपूर्ण अवसर आएको बताउँदै विकास निर्माणमा राजनीति नगर्नसमेत आग्रह गर्नुभएको थियो ।