मङ्लबार, बैशाख १८, २०८१

प्रतिष्ठानलाई झोले प्राज्ञको भर्ति केन्द्र नबनाउँन ध्यानाकर्षण सहित मन्त्री आचार्यलाइ ज्ञापन  

काठमाडौँ आषाढ १२, संगीत नाटक प्रज्ञा प्रतिष्ठानमा स्रष्टा मनोनयनका लागि सरोकारवाला मन्त्रालयले देखाउँदै आएको उदाशिनतका कारण दुर्इ महिना यतादेखि प्रतिष्ठान नेतृत्वबिहिन अवस्थामा रहेको पक्षलाइ तत्काल सम्बोधन गर्दै प्रतिष्ठानमा अनवरत रुपमा लामो समय यता देखि नाटक र  संगीतको क्षेत्रमा क्रियाशील स्रष्टा तथा सर्जको विधागत योग्यताको आधारमा नियुक्त गरियोस भन्दै नाट्य संस्था महासङघले बुधवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिमप्रसाद आचार्यलाई ५ सूत्रीय माग सहितको ज्ञापन पत्र बुझाएका छन ।

महासङघका अध्यक्ष विजय विस्फोटको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले संगीत नाटक प्रज्ञा प्रतिष्ठानमा स्रष्टा मनोनय गर्दा विषयगत तथा सरोकारवाला व्यक्तिलाई प्राथमिकता प्रदान गर्नु पर्ने ,प्रतिष्ठानलाई झोले प्राज्ञहरुको भर्ति केन्द्र बनाउँनबाट रोक्नु पर्ने र नियुक्तिको प्रष्ट

आधार  तय गरिनु पर्ने लगायतका माग समेटेको ज्ञापन पत्र बुझाईएको संस्थाका महासचिव शिरोमणि दवादीद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

साथै ज्ञापन पत्र बुझ्दै मन्त्री आचार्यले महासंघले अघि सारेका मागहरु प्रति सकारात्मक अभिव्यक्ति सहित नाटक प्रज्ञा प्रतिष्ठानमा स्रष्टा नियुक्ति गर्दा ज्ञापन पत्रमा उठान गरिएको मागलाइ विशेष आधार बनाउँने भन्दै प्रस्तुत विषयमा आफु गम्भीर रहेको बताउँनु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।