शुक्रबार, चैत्र १६, २०८०

मोष्ट वान्टेड रमेश बाहुन भन्ने सुजन पौडेल पक्राउ

काठमाडौं आषाढ ११,हत्या प्रयास, अबैध हतियार र जर्वजस्ती रकम असुलीको अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका मोष्ट वान्टेड रमेश बाहुनको इन्काउन्टर गर्ने प्रहरी योजना तुहिएको छ। कार्ययोजना कार्यान्वयनमा आउनु अगाडिनै बाहुन पक्राउको सूचना चुहिएपछि दोहोरो मुडभेडको bahun-new-looksबहानामा बाहुनको इन्काउन्टर गर्ने प्रहरी योजना तुहिएको हो।
ललितपुरमा मिनकृष्ण महर्जनलाई गोली हानेर हत्या गर्ने प्रयास असफल भएपछि भारतमा लुक्दै बसेका उनलाई इन्काउन्टर योजना कार्यान्वनयका लागी नेपाल प्रहरीले भारतको लखनउमा पक्राउ गरेर ल्याए पनि पक्राउको सूचना अति गोप्य राखेको थियो।
उच्चस्रोतका अनुसार एमालेको जिल्ला सदस्य तथा प्रभावशाली नेता केपी ओली निकट रहेका उनीमाथी लागेका अभियोगबाट मुक्त पाउने निष्कर्ष निकाल्दै पक्राउ गरेर ल्याए पनि प्रहरीले इन्टकाउन्टर गर्ने मनसायले सो घटना लुकाएर राखे पनि आखिर उनी पक्राउको सूचना धेरै दिन लुक्न सकेन। बाहुन पक्राउको सूचना चुहिएपछि प्रहरीले बुधवार प्रेस विज्ञप्ती जारी गरेर बाहुन पक्राउको सूचना सार्वजनिक गर्न बाध्य भयो।

उच्च प्रहरी स्रोतका अनुसार भक्तपुरमा रहेको अबैध हतियारको मुद्धा, काठमाडौं परिसरमा रहेको लागुऔषधको मुद्धासँगै जिल्ला अदालत ललितपुरमा महर्जनलाई गोली हानेर मार्ने प्रयास गरेको मुद्धा धरौटीमा निस्कनेसक्ने मुद्धा भएको र उनी धरौटीमा रिहा भएपछि पुन आपराधिक गतिविधिलाई तिब्र बनाउने निष्कर्ष निकाल्दै बाहुनको पक्राउपछि  प्रहरीले काठमाडौंमा लुकाएर राखेको थियो।

स्रोतका प्रहरी टोलीले भारतीय प्रहरीसँगको सहकार्यमा बाहुनलाई लखनउमा पक्राउ गरेपछि इन्काउन्टर गर्ने रणनीति बनाएको थियो। एमालेको महाधिवेशन मुखैमा रहेको, एमालेका प्रभावशाली नेताहरुको प्रत्यक्ष संरक्षण रहेका बाहुन पक्राउ परेको सूचना राजनीतिक तहमा चुहिएको थियो। बाहुनको इन्काउन्टर गर्दा विवादमा आउने भएपछि प्रहरीले रणनीति बदलेको थियो।

भारतमा पक्राउ गरेर ल्याए पनि कानुनी रुपमा उल्लेख गर्न नसकिने भए पछि बुधवार बेलुका महानगरीय प्रहरी परिसर काठमाडौंले बाहुन पक्राउबारे प्रेस विज्ञप्ती जारी गर्दै लामो समयदेखी फरार रहेका उनी खसीबजारमा पैदलै हिडिरहेको अवस्थामा पक्राउ परेको दावी गर्‍यो। बाहुनबारे जानकारका अनुसार उनी कहिल्यै पैदलै हिड्दैनन। मोटरसाइकलमा हिड्दा समेत मुखमा मास्क लगाएर हिड्ने, बस्दा सधै लोकेशन फेर्ने उनी खसीबजार नजिकै प्रहरी पुग्दा बाहुनसँग हुलिया मिल्ने ब्यक्ति देखेपछि शंका लागेर नियन्त्रणमा लिएर उनको नाम, थर बतन सोधपुछ गर्दा अति चलाख र ध्रुत र प्रहरीको मोष्ट वान्टेडको सूचीमा रहेका बाहुनले सरासर आफु दुरागाउ गाबिस वडा न ७ बस्ने रमेश बाहुन भन्ने सुजन कुमार पौडेल हुँ भनेर परिचय दिएको प्रहरी विज्ञप्तीमा दावी गरिएको छ।

ललितपुरको घटनामा फरार रहेका उनलाई ललितपुर प्रहरीले पच्छ्याउँदा जंगलमा छाप्रो बनाएर बसेको सूचना पाएको थियो। तर, प्रहरी सो स्थानमा पुग्नु भन्दा अगाडिनै उनी त्यहाँबाट हिडिसकेकाले ललितपुर प्रहरी रित्तो हात फर्किएको थियो।

काठमाडौं परिसरको विज्ञप्ती अनुसार बाहुनको शरीर खान तलासी गर्दा निजले लगाएको पाईन्टको अगाडीको दाहिने खल्ती भित्र सेतो कागजमा पोको पारी सेतो प्लास्टीक भित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध खैरो हेरोईन २८।४ ग्राम, कमिज मुनि बाया तर्फ कम्मरको भागमा पाईन्ट मुनी एक राउण्ड गोली लोड गरेको अवस्थामा रहेको नल कटुवा बन्दुक र सोही पाईन्टको अगाडीको बाया तर्फको खल्तीमा एक राउण्ड गोली लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीको दावी छ।

कुनै समय नेपाली सेनाको रेन्जर गणबाट प्रशिक्षित सुजन पौडेल उर्फ रमेश बाहुन सैनिक जागिर छाडेर आपराधिक गतिविधीमा सक्रिय भएका थिए। कमान्डो तालिमबाट प्रशिक्षित उनी अहिले जर्वजस्ती रकम असुलीमा सक्रिय समुहमध्ये सबैभन्दा बलियो समुह हो। ललितपुरमा मिनकृष्ण महर्जनमाथी गोली प्रहार भएपछि अनुसन्धानमा खटिएको ललितपुर प्रहरी टोलीले बाहुन र महर्जनविच ठेक्कावापत आएको कमिशनको भागबन्डामा विवाद भएपछि घटना भएको खुलाएको थियो। नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका महर्जनको हत्यामा असफल भएपछि पक्राउबाट जोगिन बाहुन भारत भासिएका थिए। – साभार : अपराध डट कम