बिहिबार, बैशाख २०, २०८१

विश्वकप महासङग्राम: नेदरल्याण्ड र चिली समूह चरणबाट अन्तिम १६ मा

स्पेन अष्ट्रेलिया र क्यामरुन समूह चरणबाटै बाहिरियो

काठमाडौं आाषाढ ५, विश्वकप महासङग्राम अन्र्तगत बुधवार र विहीवार विहान भएको खेलमा स्पेन अष्ट्रेलिया र क्यामरुन समूह चरणबाटै Worldcupबाहिरिएका छन् भने नेदरल्याण्ड र चिलीले समूह चरणबाट अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

गएराती भएको खेलमा अष्ट्रेलियालाई ३–२ को गोलअन्तरमा पराजित गर्दै नेदरल्याण्ड प्रिक्वाटरफाइनल प्रवेश गरेको हो।

प्रतियोगिताको समूह चरणको पहिलो खेलमा नेदरल्याण्डसँग ५–१ र दोस्रो खेलमा आज चिलीसँग २–० ले पराजित भएपछि स्पेनको विश्वकप यात्रा समाप्त भएको हो ।

त्यस्तै गरि विहीवार बिहान भएको खेलमा पहिलो खेलमा ब्राजिलसँग हार बेहोरेको क्रोएसियाले क्यामरुनविरुद्ध ४–० गोल अन्तरमा आफ्नो जित दर्ता गरेपछि यो जीतसँगै क्रोएसियाको अर्को चरण पुग्ने सम्भावना भने कायमै राखेको छ ।

यसैवीच विश्वकप महासङग्राम अन्तर्गत आज राति समुह ‘सी’ र ‘डी’का खेलहरु हुँदैछन् । समूह ‘सी’ को खेलमा राती पौने १० बजे कोलम्बिया र आइभरी कोष्ट,समुह ‘डी’ को खेलमा राति पौने १ बजे इङ्गल्याण्ड र उरुग्वे र समुह ‘सी’ को दोस्रो चरणको अन्तिम खेलमा शुक्रवार बिहान पौने ४ बजे जापान र ग्रीस भिड्दै छन् ।