बुधबार, बैशाख १२, २०८१

बेल्जियमले अल्जेरियालाई हराउँदै गर्दा मेक्सिकोले ब्राजिल र कोरियाले रसियालाई बराबरीमा रोक्यो

विश्वकप महासङग्राम : 

काठमाडौं अषाढ ४, विश्वकप महासङग्राम अन्र्तगत मङगलवार राती पौने दश वजे भएको खेलमा समूह एचबाट बेल्जियमले २–१ को अन्तरमा अल्जेरियालाई पराजित गरेको छ । पेनाल्टीमार्फत २४ औ मिनेटमा लिएको अग्रता ७० औं मिनेटसम्म जोगाए पनि अल्जेरियाले त्यसपछि १० मिनेट Worldcupभित्र २ गोल गरेको थियो ।
त्यस्तै गरि हिजै भएको अर्को खेलमा आयोजक राष्ट्र ब्राजिलले आफ्नो दोस्रो खेलमा मेक्सिकोसित गोलरहित बराबरी चित्त बुझाउँदै अंक बाँडेको छ ।
यो नतिजापछि समूह ए मा ब्राजिल र मेक्सिको दुवैको समान ४ अंक छ । दुवै टिमको समूह विजेता भएर अर्को चरण्ँमा जाने संभावनाका साथै प्रतियोगिताबाट बाहिरने संभावना पनि कायम छ ।
यसै गरि आज बिहान भएको अर्को खेलमा एशियाली देश दक्षिण कोरियाले रसियालाई बराबरीमा रोकेको छ । रसियालाई १–१ को बराबरीमा रोकेपछि दुवै टिमले एक एक अंक बाँडेका छन् ।

यसैवीच  महासङग्राम अन्तर्गत अज बेलुकी पौने १० बजे समूह बीको खेलमा अष्ट्रेलिया- नेदरल्याण्ड्स , पौने १ बजे स्पेन -चिली र पौने ४ बजे क्रोएसिया -क्यामरुनवीचको भिड्न्त हुँदैछ । यसअघिको खेलमा चिलीले  अष्ट्रेलियालाई  ३-१ र  नेदरल्याण्ड्सले स्पेनलाई ५-१ र ब्राजिलले क्रोएसियालाइ ३-१ को गोल अन्तरमा पराजित गरेका थिए ।