मङ्लबार, बैशाख १८, २०८१

युवा उद्यमशिलता विकास बैक स्थापनाको माग गर्दै ने.वि सङघले योजना आयोगमा बुझाए ज्ञापन

काठमाडौं अषाढ १, नेपाल विद्यार्थी सङघले आव ०७१ / ०७२ को बजेटमा नेपाल सरकारले मुलुकमा बढ्दो युवा वेरोजगारीको समस्यालाइ न्युनिकरण गर्नका लागि युवा वर्गलाई सम्बोधन हुने गरी कार्यक्रम ल्याउन माग गरेको छ । संघले आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

साथै संघले बुझाएको ज्ञापन पत्रमा मुलुकमा युवा शक्तिमा देखिएको नैराश्यपनको अन्त्य एवम् युवा शक्तिलाई चलायमान बनाउँनका लागि हरेक वर्ष राज्यले विनियोजना गर्ने बजेटमा करिव १ लाख युवाशक्तिलाइ प्रति व्यक्ति पाँच लाखको अनुपातमा विना धितो ऋण दिने व्यवस्था कार्यान्वयन गर्नका लागि युवा उद्यमशिलता विकास बैकको स्थापना गरिनु पर्नेपक्षलाई विशषरुमा सम्बोधन गर्न आयोगलाइ आग्रह गरिएको छ । त्यस्तै युवा उद्यमशिलता विकास बैकको स्थापना बैकको स्थापना पछि मुलुकको शिक्षा, कृषि, पर्यटन लगायतका यावत क्षेत्रमा रोजगारी सिर्जना हनेछ भन्दै स्वदेशमै रोजगारको अवस्था सृजना हुने गरी कार्यक्रम ल्याउन सङघले ज्ञापन पत्रमा आयोगको ध्यानाकर्षण गराइएका छन ।

बिद्यार्थी संघको ज्ञापन पत्र बुझ्दै आयोगका उपाध्यक्ष डा. पोखरेलले बिद्यार्थीहरुको माग सकारात्मक भएको र यस मागका सम्बन्धमा आँफु गम्भीर भएको बताउँदै उहाँले आगामी बजेटमा त्रापनपत्रमा उल्लेख भएक मागका सम्बन्धमा आवश्यक निति तर्जुमा गर्नका लागि अर्थमन्त्री र प्रधानमन्त्रीसंग आँफुले छलफल गर्ने बताउँनु भएको नेबिसंघ प्रवक्ता युपी लामिछानेले हामीलाई जानकारी गराएका छन ।