मङ्लबार, बैशाख १८, २०८१

विश्‍वकप फुटबल : १-0 को गोलअन्तरमा मेक्सिकोद्धारा क्यामरुन पराजित

काठमाडौं ज्येष्ठ ३०, विश्‍वकप फुटबलको महासङग्राम अन्र्तगत आज दोस्रो दिनको पहिलो खेलमा मेक्सिकोले क्यामरुनलाई १-० को गोअन्तरमा brazil-2014-world-cup-logo-03पराजित गरेको छ । मेक्सिकॊका लागि ओरिब पेराल्टाले खेलको ६१ औं मिनेटमा गरेको गोलनै प्रतियोगितको निर्णायक बन्न पुग्यो ।

खेलको सुरवातसङगै मेक्सिकोले क्यामरुनमाथि दबाब कायम राख्दै आएका मेक्सिकन खेलाडीहरुले खेलको क्रममा पाएका थुप्रै अवसरहरुको सदुपयोग गर्न नसक्दा १- ० को गोल अन्तरमानै चित्त बुझाउनु परेको हो । आजको खेलसँगै समूह एमा रहेको मेक्सिको ३ अंक बटुल्दै दोस्रो स्थानमा उक्लन सफलल भएकॊ छ । अर्को खेल राती १२: ४५ बजे स्पेन विरुद्ध नेडरल्यण्ड र त्यस्तै गरि  राती ३: ४५ बजे चिली र अष्ट्रेलियावीच खेल हुँनेछ ।