मङ्लबार, बैशाख १८, २०८१

अख्तियार लडाकुको शिविरमा भएको भ्रष्टाचारको छानविनमा

काठमाडौँ ज्येष्ठ २५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारबारे अनुसन्धान भइरहेको जनाएको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले यो अख्तियारले अनुसन्धान akthar3गरिरहेको महत्वपूर्ण विषय भएको बताए । ‘यो र यस्ता प्रकृतिका विषयमा अनुसन्धानका क्रममा अति नै समय लाग्दो रहेछ’ उनले भने’अनुसन्धानको निष्कर्ष छिट्टै बाहिर ल्याउँछौं ।’

कति समय लाग्ला भन्ने प्रश्नमा उनले आज भोलि वा पर्सी भनेर दिन तोक्न नसकिने बताए । ‘समय यकिन गरेर भन्न गाह्रो हुन्छ’ उनले भने(’तर, छिट्टै ल्याउँछौं ।’ अख्तियारका प्रवक्ता सापकोटाले पोलिसी लेभलमा भएको भ्रष्टाचारबारे पनि अध्ययन भइरहेको बताए । उनले भने(’सबैलाई समातेर हालिदिओस् भन्ने चाहन्छौं तर, कानुनी समस्या छ । प्रमाण पुर्‍याउनुपर्छ । अकुत सम्पत्ति कमाएकाहरुको विषयमा अध्ययनका लागि गोप्य संयन्त्र परिचालन गरेको उनले बताए ।

 

क्रिकेट सङ्घका अध्यक्ष टङ्क आङ्वुहाङ सहित १८ जना बिरुद्ध विशेष अदालतमा मुद्धा

यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिकेट मैदान निर्माणका लागि विभिन्न निकायबाट प्राप्त भएको अनुदान विदेश भ्रमणमा खर्च गरेको भन्दै नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीसहित १८ जना बिरुद्ध आज विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । अख्तियारका प्रवक्ता श्रीधर सापकोटाका अनुसार क्रिकेट मैदान निर्माणका लागि सरकार र विभिन्न निकायबाट प्राप्त भएको रु एक करोड ४३ लाख १४ हजार ५०० वैदेशिक भ्रमणको नाममा खर्च गरेको देखिन आएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्धा दर्ता गरिएको जनाएको छ ।

अख्तियारले आज दर्ता गरेको मुद्धामा उल्लेख भएका सङघका पदाधिकारीमा क्रमस क्रिकेट सङ्घका अध्यक्ष टङ्क आङ्वुहाङ उपाध्यक्ष चतुरबहादुर चन्द, सुनीलमान अमात्य र विनोदकुमार मैनाली, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष राजुबाबु श्रेष्ठ, सदस्य किरणशमसेर राणा, ठाकुरप्रताप थापा, ठाकुरप्रसाद पहाडी र पूर्णबहादुर लामा त्यसतै गरि राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्याय, गौरा कन्सट्रक्सनका सञ्चालक सूर्य अधिकारी, आर कोमल कन्सट्रक्सनका सञ्चालक रामशरण देउजा, नवनिर्माण कम्पनीका सञ्चालक कृष्णप्रसाद पाण्डे, क्राउन नेपाल कन्सट्रक्सन एण्ड डेभलपमेन्टका सञ्चालक पवन पाठक, खड्का कन्सट्रक्सन प्रालिका सञ्चालक राजकुमार खड्का ,डिजाइन शेल आकिर्टेक्ट्सका निर्देशक उमेशमान श्रेष्ठ र सिफन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर छविलाल अधिकारी रहेका छन ।