शुक्रबार, बैशाख ७, २०८१

समिति नेतृत्वको उल्झनलाई सुल्झाँन नसक्दा तीनदलको बैठक निष्कर्षविहीन

काठमाडौँ ज्येष्ठ २५, प्रमुख तीन राजनीतिक दलको आज बसेको बैठकमा उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद देखिएपछि कुनै निष्कर्षमा नपुगी टुङ्गिएको छ । संविधानसभाको निर्वाचनको परिणाम आएपछि उत्पन्न परिस्थितिलाई निकास दिने सन्दर्भमा 3 dallप्रमुख राजनीतिक दलहरूबीच गत पुस ९ गते भएको चारबुँदे सहमति कार्यान्वयन र चालु संसदको अवरोध खुलाउन आज बैठक बसेको हो ।

बैठकमा एमाओवादीले विस्तृत शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको नाताले समितिको संयोजकको जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाउनुपर्ने प्रस्ताव गदै गर्दा काँग्रेस एमाले लगायतका दलहरुले एमाओवादीलाई संयोजकको जिम्मेवारी दिन नसक्ने बरु चक्रीय प्रणालीमा समितिको नेतृत्व गर्नेमा आफनो राए राखेको बुझिएको छ ।

त्यस्तै नेपाली काँग्रेस र नेकपा (एमाले)लेका नेताहरुले बैठकपछि संविधानसभाको निर्वाचनको विषयलाई लिएर उठेका प्रश्न समाधानका लागि समिति गठन गर्न प्रमुख दलहरूबाट नाम माग्ने, सत्य निरुपण तथा मेलमिलाप आयोग छिटो गठन गर्नेलगायतका विषयमा दलहरूबीच सहमति भएपनि समितिको नेतृत्वका विषयमा भने सहमति जुट्न नसकेको बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2014
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031