मङ्लबार, बैशाख १८, २०८१

संबिधानसभाको बैठक आज पनि बस्दै

काठमाडौं ज्येष्ठ २५, संबिधानसभाको बैठक आज पनि बस्दैछ । आजको बैठकमा पनि राज्य पुनःसंरचना र शक्ति बाँडफाँडको प्रारम्भिक 2852_123मस्यौदामाथि छलफल सचिवालय स्रोतले जनाएको छ। बिहान ११ बजेबाट बस्ने आजको बैठकमा पनि मस्यौदामाथि धारणा राख्न बाँकी सभासद्हरुले बोल्ने क्रमलाई निरन्तरता दिदै तत्कालिन राज्यको पुनसंरचना र राज्यशक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिको निक्र्यौलसम्बन्धि प्रतिवेदन र त्यससम्बन्धि पुरक प्रतिवेदनमाथि सभासद्हरुले आ आफ्नो धारणा राख्ने बतुझिएको छ । यस वीचमा उक्त प्रतिवेदनमाथि  करिब २ सय सभासदहरुले धारणा राखिसकेको र अझै २ सय जनाले राख्ने संसद सचिवालयले जनाएको छ ।