बिहिबार, बैशाख ६, २०८१

संसद बैठक आज पनि अबरुद्ध

लोकतान्त्रिकका अध्यक्ष गच्छदारको अभिव्यक्ति प्रति काँग्रेस उपसभापति पौडेलले जनाए आपत्ती

काठमाडौ ज्येष्ठ २५,  व्यवस्थापिका–संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुगेको छ । शनिवार प्रमुख तीनदलवीच भएको उच्चस्तरिय राजनैतिक समिति बनाउँने सम्बधमा भएको सहमति पछि अवरुद्ध bicc 1 (1)संसदको बैठक सुचारु गर्ने नितिगत सहमति भए अनुरुप आजबाट बैठक सुचारु हुने भनिए पनि आज सभामुख सुवास नेम्वाङले संसद बैठक सुचारु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी सहित विपक्षी दलहरू उठेर विरोध जनाएका थिए ।

प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूले चारबुँदे सहमति कार्यान्वयनको सरकारसहित प्रमुख दलहरूबाट प्रतिबद्धता र रकमान्तरका बारेमा स्पष्ट जवाफ नआएसम्म संसद सुचारु हुन नदिने सङ्केत गरेर आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए  ।  प्रतिपक्षका तर्फबाट बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर बोल्नुभएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एक वर्षभित्र संविधान दिने गरी काम अघि बढाउन सक्नुहुन्न भने भारतको वनारसको शारनाथमा माला जप्न गए हुन्छ भन्दै गर्दा  काँँग्रेसका उपसभापति रामचन्द्र पौडेलसहितका सभासद्हरूले तत्कालै उठेर विरोध जनाउनुभएको थियो ।

त्यसछि सभामुखले विरोधमा उभिइरहेका प्रतिपक्षलाई स्थान ग्रहण गर्न आग्रह गर्दै सभासद् लेखकलाई बोल्नका लागि समय प्रदान गर्न सहयोग पु¥याउन अनुरोध गर्नुभएको थियो । तर प्रतिपक्षले त्यसलाई अस्वीकार गरेपछि सभासमुखले आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि सोमबार दिनको ३ बजे बस्नेछ ।